पूर्व ऊर्जा राज्यमन्त्रीको कम्पनीसहित आधा दर्जन कम्पनी कालोसूचीमा
प्रकाशित मिति
२०८२ पुष १४ गते, सोमबार ०१:३२
१४ पुस,२०८२ काठमाडौं — प्रधानमन्त्री कार्यालयले पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को निर्माण कम्पनीसहित आधा दर्जन कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राख्ने निर्णय पुस १३ गते गरेको छ।
कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ श्रीमहल ललितपुरले सिफारिस गरेको थियो।
यसैगरी, रौतामाई गाउँपालिकाको सिफारिसमा सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि (धनुषा) र विशाल निर्माण सेवा (सिन्धुपाल्चोक) एक–एक वर्षका लागि कालोसूचीमा परेका छन्। सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका प्रमुख रमेश कुमार सिङ्दान र विशाल निर्माण सेवाका प्रमुख श्याम कुमार गलान हुन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कान्छाराम कन्स्ट्रक्सनसँगै छोङ्गिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन (चीन) पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ। त्यस्तै, नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्र्यागन कन्स्ट्रक्सन प्रालि (धनुषा) पनि डेढ वर्षका लागि कालोसूचीमा परेका छन्। यो कम्पनीका प्रमुख बैजनाथ यादव हुन्।








प्रतिकृया