• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

चुनावी प्रचारमा सञ्चारमाध्यम प्रयोगबारे आयोगको तोक्यो यस्तो छ मापदण्ड

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार ११:४२

१४ पुस,२०८२ काठमाडौं — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सञ्चारमाध्यममार्फत सीमित दायराभित्र रहेर चुनावी प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरेको छ। निर्वाचन आचारसंहिता, २०८२ अनुसार टेलिभिजन, रेडियो वा एफएमबाट २४ घण्टामा बढीमा चार पटक र एक पटकमा एक मिनेटसम्म मात्र प्रचार सामग्री प्रसारण गर्न सकिनेछ।

National Life

पत्रपत्रिकाबाट प्रचार गर्दा दैनिक चार कोलम × २५ सेमि उचाइसम्म कुनै एक पत्रिकामा मात्र सामग्री छाप्न पाइनेछ। अनलाइन सञ्चारमाध्यमबाट गरिने प्रचारमा स:शुल्क विज्ञापन भएको स्पष्ट जनाउ दिनुपर्ने, खर्च विवरण निर्वाचन खर्चमा समावेश गर्नुपर्ने र गालीगलौज, मिथ्या सूचना तथा दुष्प्रचार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ। विदेशी सञ्चारमाध्यमबाट चुनावी प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

प्रतिकृया