एमाले अध्यक्षमा पुनः निर्वाचित ओली सहित निर्वाचित पदाधिकारी शपथ लिने तयारीमा
प्रकाशित मिति
२०८२ पुष ३ गते, बिहीबार ०४:१०
३ पुस,२०८२ काठमाडौं— नेकपा एमालेको एघारौँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका हुन्।
पार्टी विधानअनुसार हुने शपथग्रहण कार्यक्रम महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजना गरिएको छ। शपथअघि ओलीसहित निर्वाचित पदाधिकारीलाई नेता तथा कार्यकर्ताले माला र खादा लगाएर बधाई दिइरहेका छन्।
अध्यक्ष ओलीले शपथ ग्रहण गरेपछि अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार निर्वाचनमा केपी शर्मा ओली प्यानलको वर्चस्व देखिएको छ। दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेकोमा अधिकांश पदाधिकारी ओली प्यानलकै उम्मेदवार विजयी भएका छन्।
ईश्वर पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् भने सचिव पदमा सबै उम्मेदवार ओली प्यानलबाटै निर्वाचित भएका छन्।








प्रतिकृया