• २० असोज २०८३, मंगलबार
  • ४ः०० बिहान

यी हुन् ईश्वर पोखरेल प्यानलबाट विजयी दुई पदाधिकारी

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०३:००

३ पुस,२०८२ काठमाडौं—  नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई जना पदाधिकारी विजयी भएका छन्। उपाध्यक्ष पदमा गोकर्णराज विष्ट र उपमहासचिव पदमा योगेश भट्टराई निर्वाचित भएका हुन्।

National Life

निर्वाचन आयोगका अनुसार उपाध्यक्ष पदमा गोकर्णराज विष्टले १ हजार ३६८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। यस्तै उपमहासचिव पदमा योगेश भट्टराईले १ हजार ३४८ मत प्राप्त गरेका छन्।

महाधिवेशनबाट अधिकांश पदाधिकारी अध्यक्ष केपी शर्मा ओली प्यानलबाट निर्वाचित भए पनि पोखरेल प्यानलबाट दुई पदाधिकारी निर्वाचित भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया