• २० असोज २०८३, मंगलबार
  • ४ः०२ बिहान

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०९:४४

२ पुष,२०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य थप बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा तोकिएको छ।

National Life

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा कायम भएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ। स्वीस फ्रयाङ्क, अष्ट्रेलियन, क्यानेडियन, सिङ्गापुर डलरलगायत अन्य प्रमुख विदेशी मुद्राको मूल्य पनि तोकिएको छ।

जापानी येन, चिनियाँ युआन, साउदी तथा कतारी रियाल, युएई दिराम, थाइ भाट, मलेसियन रिङ्गेट, कोरियन वन, युरोपका विभिन्न मुद्रासहित कुवेती, बहराइन र ओमनी दिनारको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै बेला संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

प्रतिकृया