मतदानस्थलमा आइपुगे ईश्वर पोखरेल , आइपुगेनन् केपी ओली
प्रकाशित मिति
२०८२ पुष २ गते, बुधबार ०९:२८
२ पुष,२०८२ काठमाडौं— नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। मतदानस्थलमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पुगिसकेका छन् भने अध्यक्ष केपी शर्मा ओली भने आउन बाकिनै छन् । ओली आउनासाथ मतदान सुरु गर्ने तयारी गरिएको छ।
मंगलबार साँझका लागि तय गरिएको मतदान प्राविधिक कारणले आज बिहानका लागि सारिएको हो। बिहान ८ बजेदेखि मतदान हुने सूचना पाएपछि प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा बसेका छन्। नेताहरू प्रतिनिधिसँग भोट माग्न सक्रिय देखिएका छन्।
विद्युतीय मेसिनमार्फत मतदान हुन लागेको हो। ८० वटा विद्युतीय मेसिन तयारी अवस्थामा छन्। प्राविधिक टोलीका अनुसार अहिले कुनै समस्या छैन र निर्वाचन आयोगको आदेश आएपछि मतदान सुरु गर्न सकिने अवस्था छ।
मतदानमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी हुनेछन्। नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् भने केही उम्मेदवार स्वतन्त्र रूपमा पनि मैदानमा छन्।








प्रतिकृया