मधेशमा मन्त्रिपरिषद् विस्तार आज, विश्वासको मत पुस ४ मा
प्रकाशित मिति
२०८२ मंसिर २९ गते, सोमबार १२:३०
मंसिर २९,२०८२ काठमाडौं— मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको घोषणा गरेका छन्। सातदलीय गठबन्धनसँगको समन्वयमा प्रत्येक दलबाट एक–एक जना मन्त्री नियुक्त गर्ने निर्णय भएको छ।
स्रोतका अनुसार मुख्यमन्त्री यादवले आगामी पुस ४ गते विश्वासको मत लिन पनि तयारी गरिरहेका छन्। गत मङ्सिर १९ गते नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले मङ्सिर २१ गते पद तथा गोपनियताको सपथ लिएका थिए।
यसअघि उनले तीन दलबाट तीनजना मन्त्री नियुक्त गरिसकेका छन्। जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री बनेका थिए भने कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त थिए।
सातदलीय गठबन्धनमा प्रतिनिधित्व मिलाउन बाँकी दुईजना बिना विभागीय मन्त्रीसहित अन्य दलका प्रतिनिधि पनि मन्त्रालय पाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ।








प्रतिकृया