एमाले महाधिवेशन : ओली समूहले पदाधिकारीको नाम करिब टुंगो लगायो
प्रकाशित मिति
२०८२ मंसिर २९ गते, सोमबार ११:५८
मंसिर २९,२०८२ काठमाडौं— नेकपा एमालेको एघारौं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली समूहले पदाधिकारीको नाम करिब टुंगो लगाएको छ। अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् भने महासचिवमा शंकर पोखरेल दोहोरिने निश्चित भएका छन्।
उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको छ। प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्ष सूचीमा राखिएको भए पनि उनी र ओलीबीच छलफल जारी भएकाले टुंगो भएको छैन।
उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको छ। सचिव पदमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको छ।
यस्तै, ईश्वर पोखरेल समूहले पनि आफ्ना पदाधिकारी प्यानल टुंगो लगाइसकेको छ। पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेका छन्।








प्रतिकृया