• १५ असोज २०८३, बिहीबार
  • १०ः५२ राती

एमाले महाधिवेशनमा उम्मेदवारी दर्ता फारम वितरण सुरु

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार १०:३८

मंसिर २९,२०८२ काठमाडौं— काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भई काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सम्पन्न भएपछि पार्टी नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

National Life

हाल निर्वाचनका लागि उम्मेदवारलाई मनोनयन फाराम वितरण सुरु गरिएको छ। कार्यतालिकाअनुसार आज दिउँसो १:३० बजेसम्म उम्मेदवारहरूको दर्खास्त फाराम दर्ता गर्ने कार्यक्रम छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ। त्यसपछि प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुनेछ, जसका लागि दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म समय तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उजुरीमाथि आवश्यक जाँचबुझ तथा प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान हुने छ।

प्रतिकृया