• २० असोज २०८३, मंगलबार
  • ६ः५९ बिहान

बेमौसमी वर्षाले कृषि–पशुपन्छी क्षेत्रमा ३ अर्ब ५४ करोडभन्दा बढी क्षति

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार ०१:२७

मंसिर १७, २०८२ काठमाडौं – यस वर्ष विभिन्न समयमा परेको बेमौसमी वर्षाले देशभरका कृषि तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुगेको छ। यसको प्रत्यक्ष प्रभाव विशेषगरी धानसहितका मुख्य बाली र पशुपालन क्षेत्रमा परेको समितिको प्रतिवेदनले जनाएको छ। बेमौसमी वर्षाबाट प्रभावित क्षेत्रहरूको विवरण सङ्कलन तथा विश्लेषणका लागि गठन गरिएको समितिले हालै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रतिवेदन बुझाएको हो।

National Life

प्रतिवेदनअनुसार पाँच प्रमुख प्रभावित प्रदेशका १५ हजार ४९९ हेक्टर क्षेत्रफलमा धान, उखु, तरकारी र फलफूलबालीमा क्षति पुगेको छ। यसले गर्दा १ लाख २७ हजार ३८३ मेट्रिक टन उत्पादन घट्ने अनुमान गरिएको छ।

समितिका अनुसार कृषि र पशुपन्छी क्षेत्रमा झन्डै ३ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको हानी भएको छ। मधेश प्रदेश सबैभन्दा बढी प्रभावित — करिब ३ अर्ब २२ करोड ४७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

धान, तरकारी, फलफूल, उखु र पशुधन सबै क्षेत्रमा असर परेको छ। कोशी प्रदेश ३६ करोड ८३ लाख ८९ हजार रुपैयाँ को क्षति भएको छ। बागमती प्रदेश २ करोड ४ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ। गण्डकी प्रदेश १२ लाख ८० हजार रुपैयाँ को क्षतिपरेको छ। लुम्बिनी प्रदेश १ करोड ५६ लाख १४ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

समितिले बाढी–पहिरो तथा बेमौसमी वर्षाबाट प्रभावित साना किसानलाई सहजीकरण गर्न पशुपन्छी पालन पुनर्स्थापना कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न मन्त्रालयलाई सुझाव दिएको छ।

समितिको प्रतिवेदनले आगामी वर्षहरूमा रोकथाम र राहत प्रणाली थप मजबुत बनाउनु अपरिहार्य रहेको उल्लेख गरेको छ।

प्रतिकृया