• ३ असोज २०८३, शनिबार
  • ३ः१२ दिउँसो

मार्तडी बजारमा आगलागी, दमकल अभावले नियन्त्रणमा समस्या

प्रकाशित मिति

२०८२ मंसिर १६ गते, मंगलवार ०२:२१

मंसिर १६, २०८२ काठमाडौं – बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ। बजारमा रहेको एक पसलमा लागेको आगो अहिले नियन्त्रणका लागि प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीले बताएका छन्।

National Life

दिउँसो करिब १२:२० बजेदेखि आगलागी सुरु भएको हो। दमकल नहुँदा आगो नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीहरूले प्रहरीको सहयोगमा उपलब्ध स्रोत–साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन्।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया