• ४ असोज २०८३, आइतबार
  • २ः४७ राती

चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको चुनौती दियो

प्रकाशित मिति

२०८२ मंसिर १६ गते, मंगलवार ०१:३६

मंसिर १६, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७७ रन जोड्यो।

National Life

चितवनका लागि डेभिड मलानले शानदार ८० रनको पारी खेले भने अर्जुन साउदले ५२ रनको योगदान दिए। कप्तान कुशल मल्ल ३० रनमा अविजित रहे। सैफ जैबले ७ रन र रवि बोपाराले ३ रन जोडे।

बलिङतर्फ जनकपुरका माज सदाकत, अनिल शाह, रुपेश सिंह र जान निकोलले एक–एक विकेट लिइ सके।

Classic Tech Mobile
Classic Tech Desktop

अब जनकपुर बोल्ट्सले जीतका लागि १७७ रनको चुनौती पछ्याउँदैछ।

प्रतिकृया