• ६ असोज २०८३, मंगलबार
  • १ः२९ राती

सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ खुला गर्ने

प्रकाशित मिति

२०८२ मंसिर १६ गते, मंगलवार ०९:२९

मंसिर १६, २०८२ काठमाडौं – सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आगामी मंसिर २५ गतेदेखि प्रथम चरणको आईपीओ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरका १७ लाख २३ हजार ८८० कित्ता साधारण सेयर निष्कासन गर्न मंसिर ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

National Life

प्रथम चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रही नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूका लागि छुट्याइएको छ। इच्छुक आवेदकले मंसिर २५ देखि २९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म माग गर्न मिल्नेछ।

यसअघि, बैंकले ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषलाई र २६ हजार ११९ कित्ता कर्मचारीहरूका लागि सुरक्षित राखिसकेको छ। बाँकी १४ लाख ३९ हजार १७९ कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओ निष्कासनका लागि प्राप्त रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई ‘आईआरएन सिंगल बी’ रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

विदेशमा रहेका नेपालीहरूले आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था, तिनका शाखा, साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सजिलै आवेदन दिन सक्नेछन्। सो आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया