• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

मंसिर १७ गते उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा

प्रकाशित मिति

२०८२ मंसिर १२ गते, शुक्रबार ०३:४३

मंसिर १२, २०८२ काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ। शुक्रबार गरिएको पत्रकार सम्मेलनमार्फत पार्टीले प्रज्ञा भवन, कमलादीमा दिउँसो १ देखि ४ बजेसम्म घोषणा सभा आयोजना गर्ने जानकारी दिएको हो।

National Life

घोषणा समारोहका प्रमुख अतिथि स्वयं संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ रहनेछन्। सो अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा घोषणापत्र–२०८२ समेत सार्वजनिक गरिनेछ।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उज्यालो नेपाल पार्टीले समान ध्येय र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक दल, संघ–संस्था र सरोकारवाला समूहहरूसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विज्ञप्तिमा भनिएको छ, “हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्र आएका होइनौँ। उज्यालो सपनालाई साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव लिएर आएका हौँ। जनताले विश्वास गरेको काम गरेर प्रमाणित नेतृत्व हाम्रो साथमा छ।”

घोषणासँगै पार्टीले नेपालको वैकल्पिक राजनीतिक यात्रामा नयाँ मोड ल्याउने दाबी गरेको छ।

प्रतिकृया