• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

प्रकाशित मिति

२०८२ मंसिर ४ गते, बिहीबार १२:४५

मंसिर ४, २०८२ काठमाडौं – सुप्रिम सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै दिएको रिट निवेदनको आजको सुनुवाइ स्थगित भएको छ।

National Life

बुटवलको अदालतमा आज लामिछाने र सहआरोपी छविलाल जोशीको मुद्दामा पेसी तोकिएको थियो। तर, लामिछानेको मुद्दा पाटन उच्च अदालतमा पनि परेको र सुनुवाइ गर्नुपर्ने भएकाले स्थगित गरिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

लामिछानेले सुप्रिम सहकारी ठगीमा आफ्नो भागको बिगो दाखिला गरिसके पनि जिल्ला अदालतले उनलाई रिहा नगरेपछि उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। यस मुद्दामा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकिएको थियो। लामिछानेले आफ्नो हिस्सा बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ पेस गरेका छन्। जोशीले पनि त्यही रकम जमानत दिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

हाल लामिछाने ललितपुर नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन्।

प्रतिकृया