• १७ असोज २०८३, शनिबार
  • ५ः११ बेलुका

रास्वपाले समानुपातिक उम्मेदवारका लागि तोक्यो ५० हजार रुपैयाँ शुल्क

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार ०१:०२

कात्तिक २४, २०८२ काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको छ। पार्टीले २२ कात्तिकदेखि आवेदन खुला गरेको छ।

National Life

सहमहामन्त्री विपीन आचार्य का अनुसार, उम्मेदवार छनोटका लागि कानुनी प्रावधान र मापदण्ड तय गरिएको छ। उम्मेदवारले स्वघोषणा गर्नुपर्ने, सार्वजनिक पदको दुरुपयोग नगरेको प्रमाण दिनुपर्ने र वैध आयस्रोत देखाउनुपर्नेछ।

पार्टीले प्रत्यक्ष वा समानुपातिक हकमा आवश्यक योग्यताका सूची तयार गरेको छ। उम्मेदवारले आवेदन अनलाइन वा भौतिक रूपमा पेश गर्न सक्नेछन्। उम्मेदवार छनोटका लागि लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र अन्य विधिहरूबाट अंक जोडेर अन्तिम सूची तयार गरिने रास्वपाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया