• १७ असोज २०८३, शनिबार
  • ६ः३५ बेलुका

मेलम्ची पानी चार दिनदेखि ठप्प, स्थानीयले माग पूरा नभएसम्म नखोल्ने चेतावनी

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार १२:४४

कात्तिक २४, २०८२ काठमाडौं— मेलम्ची खानेपानी आयोजनाको पानी चार दिनदेखि पथान्तरण ठप्प रहेको छ। हेलम्बु गाउँपालिका–१, अम्बाथानका स्थानीयहरूले आफ्ना माग पूरा नभएको भन्दै सुरुङ बन्द गरेका हुन्।

National Life

संघर्ष समितिका अनुसार, स्थानीयहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको र आर्थिक पारदर्शिता, सडक कालोपत्रे, रोजगारी कोटा, पीडित राहत र सामाजिक न्यायका माग पूरा नभएसम्म पानी नखोल्ने चेतावनी दिएका छन्।

खानेपानी मन्त्रालयको सचिव प्रमिलादेवीसँग आइतबार भएको वार्ता निष्कर्षविहीन रहेकाले सोमबार थप छलफल हुने तय भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

संघर्ष समितिका सदस्यहरूले पानी बन्द गर्न बाध्यता परेको र उपत्यकावासीमा परेको असुविधा बुझिदिन अनुरोध गरेका छन्।

प्रतिकृया