• १७ असोज २०८३, शनिबार
  • ७ः१२ बेलुका

नेकपा एमालेले प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलायो

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार १२:३५

कात्तिक २४, २०८२ काठमाडौं—  नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ। एमालेका नेता महेश बर्तौलाले जानकारी दिनुभयो कि बैठक मुलुकमा विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न राखिएको हो।

National Life

बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय, च्यासल मा हुने तय भएको छ। प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रधान सचेतकको हैसियतमा बैठक बोलाएको उल्लेख गरिएको छ। संसदीय दलको बैठकबाट आगामी रणनीति र दलको अभिमत सम्बन्धमा महत्वपूर्ण निर्णयहरू अपेक्षित छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया