• १७ असोज २०८३, शनिबार
  • ९ः५७ राती

‘होटल शपथ’ पछि मधेसमा हलचलः सात दलको संयुक्त बैठक

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार १०:५३

कात्तिक २४, २०८२ जनकपुरधाम — नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको छ। यादवको नियुक्तिपछि मधेस प्रदेशमा नयाँ राजनीतिक हलचल सुरु भएको छ। सत्ता समीकरणबारे आगामी कार्ययोजना तय गर्नका लागि सात दल एकै ठाउँमा बसेका छन्।

National Life

बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी भएका छन्।

स्रोतका अनुसार, सात दलबीचको छलफलमा प्रदेश सरकारको आगामी स्वरूप, साझा रणनीति र विपक्षी भूमिकाबारे समन्वय केन्द्रित छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान सिन्धुलीस्थित एक होटलमा सरोज यादवलाई मुख्यमन्त्रीको शपथ गराएपछि प्रदेशमा राजनीतिक परिस्थिती थप जटिल बनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

राजनीतिक विश्लेषकहरूका अनुसार, एमाले नेतृत्वको नयाँ सरकार बनेसँगै अन्य दलहरूले प्रदेशमा सन्तुलन कायम गर्नका लागि संयुक्त रणनीति बनाउन खोजेको देखिएको छ।

प्रतिकृया