• १३ असोज २०८३, मंगलबार
  • १ः४९ राती

एमाले सचिवालय बैठक शनिबार, महाधिवेशन कार्यतालिका मुख्य एजेन्डा

प्रकाशित मिति

२०८२ कार्तिक १४ गते, शुक्रबार १२:२६

कात्तिक १४, २०८२ काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बस्ने बैठकमा मुख्य रूपमा दुई विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

National Life

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा आगामी मंसिर २७, २८ र २९ गते पोखरामा हुने ११ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने र विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने निर्णय गर्नेछ।
त्यस्तै, महाधिवेशनका लागि सदस्यताको निर्क्योल, प्रतिनिधि चयनको विधि र मापदण्ड निर्धारण, साथै विभिन्न समिति तथा उपसमितिहरूको गठन सचिवालय बैठकले गर्ने योजना रहेको गौतमले जानकारी दिएका छन्।

एमालेले २०७८ मंसिरमा चितवनको सौराहामा १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो। प्रत्येक पाँच वर्षमा गर्नुपर्ने महाधिवेशन यस पटक झण्डै एक वर्ष अगाडि गरिँदैछ। बैठकपछि पार्टीले महाधिवेशन कार्यतालिका र प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी थप निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया