• ४ साउन २०८३, सोमबार
  • २:३५ बिहान

शेयर बजारमा निरन्तर ओरालो, कारोबार कति ?

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार ०३:२१

असोज २२, २०८२ काठमाडौं–  दशैंपछि खुलेको शेयर बजार आज पनि ओरालो लागेको छ। लगानीकर्ताको मनोबल कमजोर भएपछि बजार राताम्य बनेको छ र कारोबारमा निरन्तर गिरावट देखिएको छ। लगानीकर्ताले आशा गरेको सुधार र सरकारको सक्रिय कदमका बाबजुद पनि बजारले अपेक्षित गति लिन सकेको छैन।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक ४५.३६ अंकले घटेर २५५९ को बिन्दुमा कायम भएको छ। समग्रमा राताम्मे बनेको बजारमा आज विभिन्न सेक्टरका ३३५ वटा कम्पनीका कुल एक करोड ३७ लाख ४९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ।

Kamana Sewa

आज पनि सबै इन्डेक्सहरु राताम्मे बनेका छन्। फाइनान्स र होटल सेक्टर सबैभन्दा बढी प्रतिशतले घटेका छन्। बुधबार कुल २३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १८ वटा मात्र बढेको देखिएको छ।

Classic Tech Desktop

बजारमा यस्तो कमजोरी लगानीकर्ताको आशा र उत्साहमा असर पुर्याइरहेको छ र आर्थिक पुनरुत्थानका लागि थप कदम आवश्यक रहेको विश्लेषकहरूले बताएका छन्।

प्रतिकृया