• १२ असोज २०८३, सोमबार
  • ९ः१२ राती

जेन-जी आन्दोलनपछि पहिलो पटक एमाले सचिवालय बैठक आज बस्दै

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार १०:१९

असोज १२, २०८२ काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर गुन्डुमा बस्ने भएको छ। उपाध्यक्ष युवराज ज्ञवालीले बैठकको जानकारी दिएका छन्।

National Life

बैठकमा हालैको जेन-जी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ। साथै पार्टीको आगामी रणनीति तय गर्ने तयारी गरिएको छ। जेन-जी आन्दोलनपछि सत्ताच्युत भएका ओलीले शनिबार पहिलोपटक सार्वजनिक कार्यक्रममा बोल्दै सरकार संवैधानिक बाटोबाट नभई तोडफोड र आगजनीबाट आएको बताएका थिए।

यसैबीच, एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघले शनिबार भक्तपुर गुन्डुमा दशैँको अवसरमा भेटघाट कार्यक्रम आयोजना गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया