• १७ असोज २०८३, शनिबार
  • ६ः५८ बेलुका

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ०१:५०

भदौ २९ ,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी बडादसैंलाई लक्षित गर्दै सुकिला नोट सटहीको विशेष व्यवस्था मिलाएको छ। भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणले आवश्यक सुकिला नोट सटही गर्न सक्ने बैंकले जानकारी दिएको छ।

National Life

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित मुख्य कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेशीय कार्यालय तथा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट पनि सटही सेवा उपलब्ध हुनेछ।

राष्ट्र बैंकले संघसंस्था र सर्वसाधारणलाई तोकिएको अवधिभित्रै सुविधा लिन आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया