• २० असोज २०८३, मंगलबार
  • २ः३७ राती

जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख रुपैयाँ राहत

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार १२:३५

भदौ २९ ,२०८२ काठमाडौं – जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूलाई सरकारले शहीद घोषणा गर्ने भएको छ। साथै, मृतकका प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणलगत्तै मन्त्रिपरिषद्बाट सो निर्णयमा हस्ताक्षर गरेकी हुन्।

National Life

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको थियो। सो घटनामा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका थिए।

प्रतिकृया