• २३ भदौ २०८३, मंगलबार
  • ९ः३६ बिहान

विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकलाई छुट्टी मनाउन नेपाल आउन मन्त्री भट्टराईको अग्राह

प्रकाशित मिति

२०७६ आश्विन १२ गते, आईतवार ०९:५२

एजेन्सी, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई विदेशमा रहनुभएका नेपाली तथा विदेशी मुलुकका नागरिकलाई छुट्टी मनाउन बाहिर जानु भन्दा नेपाल नै गएर प्राकृतिक आनन्द लिनको लागि आग्रह गर्नुभएको छ ।

National Life

अन्तर्राष्ट्रिय नागरिक उड्यन संघ, आइकाओको माहासभामा सहभागी हुन क्यानडाको मोन्ट्रियल आउनुभएका भट्टराईले शुक्रबार एनआरएनए क्यानडाले गरेको कार्यक्रममा टोरोन्टोका सांसद तथा अन्य विदेशी नागरिकहरुलाई सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल एकपटक घुम्न आग्रह गर्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा पनि मन्त्री भट्टराईले स्वदेशीरविदेशी पाहुनालाई नेपाल भ्रमण गर्न निम्तो दिनुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० मार्फत नेपाल क्यानडाका पर्यटक विच सुमधुर सम्बन्ध स्थापना गराउन आफू लागि परेको बताउनुभयो ।

यस्तै एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, उपाध्यक्ष उज्वल थापा, पूर्व महासचिव सुमन लम्साल लगायतले नेपालका जुनसुकै ठाउँ पनि घुम्नयोग्य रहेकाले त्यस्ता ठाउँहरुको प्रचारप्रसार गरी पर्यटकको शान्ति–सुरक्षाप्रति पनि ध्यान दिन आग्रह गर्नु भएको थियो ।

प्रतिकृया