• ३ असोज २०८३, शनिबार
  • ४ः३१ बेलुका

नापी कार्यालय कलंकीका सहयोगीविरुद्ध घुस प्रकरणमा मुद्दा दायर

प्रकाशित मिति

२०८२ भाद्र २० गते, शुक्रबार ०३:५३

भदौ २०,२०८२ काठमाडौं –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी (पुरानो नैकाप) मा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

National Life

काठमाडौं महानगरपालिका–१३ चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउन सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका कुँवरमाथि शुक्रबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार कुँवरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सम्पन्न गरेपछि भ्रष्टाचार निवारणसम्बन्धी कानुनबमोजिम मुद्दा दायर गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया