• ३ असोज २०८३, शनिबार
  • ५ः२३ बेलुका

विश्व बैंक उपाध्यक्ष जुटद्वारा नेपालको आर्थिक प्रगतिप्रति प्रशंसा

प्रकाशित मिति

२०८२ भाद्र २० गते, शुक्रबार ०३:४०

भदौ २०,२०८२ काठमाडौं –  दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटले आफ्नो पहिलो पाँच दिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरेका छन्। भ्रमणका क्रममा उनले नेपालले आर्थिक क्षेत्रमा गरेको सुधार र प्रगतिलाई खुलेर प्रशंसा गरेका छन्।

National Life

विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जुटले नेपालको शान्ति सुदृढीकरण, सेवा सुधार, लोडसेडिङ अन्त्य, र २०१५ को भूकम्प तथा कोरोना महामारीपश्चात अर्थतन्त्र जोगाउन अपनाइएका रणनीतिलाई प्रशंसनीय भनेका छन्।

नेपाल बसाइँका क्रममा जुटले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, र राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै गहन छलफल गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र विकास साझेदारहरूसँग कृषि व्यवसाय, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा भएको उपलब्धि र सुधार आवश्यकताबारे विचार–विमर्श गरेका थिए।

जुटले नेपालको १६औं योजनासँग सम्बन्धित विषयमा छलफल गर्दै विश्व बैंकको नयाँ देश साझेदारी ढाँचा (Country Partnership Framework) बारे पनि सुझाव दिएका थिए।
विश्व बैंकका अनुसार नेपालका लागि रोजगारी सिर्जना र विपद् उत्थानशीलता दुई प्रमुख विकास चुनौतीका रूपमा पहिचान गरिएको छ।

विश्व बैंक समूहले आगामी छ वर्ष (२०३१ सम्म) नेपाललाई देश साझेदारी ढाँचाअन्तर्गत करिब ४२.७ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने लक्ष्य राखेको छ। यस अन्तर्गत पर्यटन र डिजिटल विकास, प्रतिस्पर्धात्मक व्यावसायिक वातावरण सुधार, तथा रोजगारी सिर्जनालाई प्राथमिकता दिइने विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया