• ३ असोज २०८३, शनिबार
  • ३ः५९ दिउँसो

रास्वपाबाट रुपन्देही–३ को उम्मेदवार डा. लेखजंग थापा कायम

प्रकाशित मिति

२०८२ भाद्र १७ गते, मंगलवार ०१:०६

भदौ १७,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार डा. लेखजंग थापा नै रहने भएको छ। सोमबार रास्वपाका नेताहरूले थापाले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण प्रस्तुत नगरे उम्मेदवार रद्द गर्ने तयारी गरेका थिए।

National Life

तर, डा. थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको अदालतको कागजात सार्वजनिक गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाउन निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताएका छन्। उनले सञ्चार माध्यमसँग भनेका छन्, “उहाँ सबै हिसाबले क्लियर हुनुहुन्छ भन्ने हामीलाई पहिला नै थाहा थियो। उहाँको विकल्प खोजिँदैन।”

थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागजात सार्वजनिक गरेका हुन्। उनले फेसबुकमार्फत लेखेका छन्, “परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। त्यसभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हुँ।”

Classic Tech Mobile
Classic Tech Desktop

थापाकी पहिलो श्रीमती सुलोचना घिमिरे भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन्। कान्छी पत्नी नुमा शर्मा काठमाडौंमा बस्छिन्। नुमाले दायर गरेको मुद्दामा २०७९ पुस २० गते थापामाथि शारीरिक र मानसिक यातना दिने लगायतका आरोप लगाइएको थियो। त्यसपछि अदालतमा मिलापत्र गरी सम्बन्ध विच्छेद गरिएको थियो।

प्रतिकृया