• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

आजदेखि बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार ११:३९

भदौ  १६,२०८२ काठमाडौं – बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेपछि कम्पनीले अब सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो।

National Life

कम्पनीले कुल जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने स्वीकृति पाएको छ। यसमध्ये स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याइसकेपछि अब १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन भदौ १९ गतेसम्म छिटोमा बन्द हुनेछ भने अत्यधिक आवेदन परेमा ढिलोमा भदौ ३० गते बन्द हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीलाई केयर रेटिङ नेपालले CARE-NP Single B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

बुङ्गल हाइड्रोले सञ्चालन गरिरहेको १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब २ करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी छ भने साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउण्टमा फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा मेरो शेयर अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया