• २० असोज २०८३, मंगलबार
  • १०ः२१ राती

छुट्ला है ! एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ०९:१४

भदौ १२,२०८२ काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित खुलामुखी योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ मा आवेदन दिन आज अन्तिम दिन हो। यो योजना साउन २९ गतेदेखि निष्कासनमा आएको हो। प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले असार ३ गते अनुमति दिएको थियो।

National Life

कुल इकाईमध्ये १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्कासन गरिएको हो।

यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ। निष्कासन अवधि सुरुआतमा भदौ २ गतेसम्म सीमित भए पनि पर्याप्त आवेदन नपरेपछि म्याद थपेर भदौ १२ गतेसम्म कायम गरिएको हो। यस योजनाको बिक्री प्रबन्धकको भूमिका एनआईसी एशिया क्यापिटल लिमिटेडले निर्वाह गर्दैछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया