• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

बाजेको सेकुवाले आईपीओ निष्कासन गर्ने

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ०९:१०

भदौ १२,२०८२ काठमाडौं – बाजेको सेकुवा लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहितका विशेष एजेन्डामा छलफल गर्न कम्पनीको सोह्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

National Life

कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २ गते बत्तिसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा आईपीओ निष्कासनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, अन्य कम्पनीसँग मर्जर तथा डीडीए गर्ने, र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरू पनि पेश गरिने छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, गएको आर्थिक वर्षको वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने तथा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाको एजेन्डामा समावेश गरिएको छ।

आईपीओ निष्कासनको तयारीसँगै बाजेको सेकुवा लिमिटेडको व्यवसायिक विस्तारका सम्भावनाहरू थप चासोको विषय बन्न थालेका छन्। कम्पनीले भविष्यमा कस्तो रणनीति लिन्छ भन्ने विषयमा शेयर बजारलगायत व्यवसायिक क्षेत्रले नजिकबाट निगरानी गरिरहेका छन्।

प्रतिकृया