• ३ असोज २०८३, शनिबार
  • १ः२८ दिउँसो

आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ भाद्र ११ गते, बुधबार ०९:३५

भदौ ११,२०८२ काठमाडौं – अघिल्ला दिनको तुलनामा आज मनसुन केही सक्रिय रहने मौसमविदले बताएका छन्। केही दिनदेखिको चर्को घामपछि आज देशभर मौसम सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ, जसका कारण केही शीतलता महसुस हुने बताइएको छ।

National Life

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज देशका धेरैजसो भागमा मध्यम वर्षाको सम्भावना रहेको छ।

“आज धेरैजसो ठाउँमा मध्यम वर्षा हुनसक्छ,” दाहालले बताए, “भोलि र पर्सि भने विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अलि बढी पानी पर्ने देखिएको छ।” उनका अनुसार, केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ, तर यस्तो वर्षा सबैतिर एकैसाथ नभई खण्डित रुपमा हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने जनाइएको छ।

आज रातिको लागि पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया