• २० असोज २०८३, मंगलबार
  • ११ः५२ राती

नेप्से परिसूचकमा सामान्य सुधार

प्रकाशित मिति

२०८२ भाद्र ३ गते, मंगलवार ०३:३४

भदौ ३,२०८२ काठमाडौं –साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य सुधारसहित ९.७६ अंकले बढेर २७८० विन्दुमा पुगेको छ।

National Life

लगातार ओरालो लागेको बजार आज केही बढे पनि लगानीकर्ताको मनोबल अझै कमजोर रहेको देखिएको छ। बजारमा बढोत्तरी भए पनि धेरै लगानीकर्ता अन्यौलमै छन्।

आजको कारोबारमा ३१६ कम्पनीका १ करोड ३१ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ। यस क्रममा कुल पाँच अर्ब ६३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया