• २० असोज २०८३, मंगलबार
  • ११ः५४ राती

श्रीनगर एग्रीटेकको आईपीओ भदौ ११ गतेबाट सुरु हुने

प्रकाशित मिति

२०८२ भाद्र ३ गते, मंगलवार ११:४८

भदौ ३,२०८२ काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि आफ्नो प्रथम चरणको आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) निष्कासन गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

National Life

आईपीओको पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टै शेयर उपलब्ध गराइनेछ। यसअनुसार उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ६२ हजार १२५ कित्ता, र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९ हजार ९३८ कित्ता शेयर बिक्री हुने जानकारी कम्पनीले दिएको छ।

उद्योग प्रभावित क्षेत्रमा रुपन्देही र पाल्पाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। आवेदनका लागि न्यूनतम १० कित्ताबाट सुरु हुने र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यसअनुसार न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्मको लगानी गर्न सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओ भदौ २५ गतेसम्म उद्योग प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन सक्नेछन्। यदि आवेदन पर्याप्त नपरेमा यो अवधि असोज ९ गतेसम्म लम्बिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् र आवश्यकता अनुसार भदौ २५ गतेसम्म लम्बाइनेछ।

उद्योग प्रभावित क्षेत्रका आवेदकले नबिल बैंक र एनएमआइब बैंकको तानसेन तथा फरसाटिकर शाखा, र ग्लोबल आईएमई बैंकको तानसेन शाखाबाट आवेदन फाराम प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयर एपमार्फत सजिलै आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन र बाँडफाँडको काम नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले गर्नेछ।

प्रतिकृया