• ६ असोज २०८३, मंगलबार
  • ११ः४७ बिहान

नेपाल विद्युत प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ०९:३२

भदौ १,२०८२ काठमाडौं— नेपाल विद्युत प्राधिकरण (नेपा) को नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब साढे एक अर्ब रुपैयाँले घटेको छ। प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो।

National Life

गत आर्थिक वर्ष प्राधिकरणले ९ अर्ब ७ करोड रुपैयाँ बराबरको नाफा कमाएको हो। अघिल्लो वर्ष (२०८०/८१) मा भने १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा चालु वर्षमा नाफा १ अर्ब ४६ करोड रुपैयाँले घटेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँको खुद नोक्सानी खेपेको प्राधिकरण त्यसयता भने निरन्तर नाफामा रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया