• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

भर्ने हैन त स्वस्तिक लघुवित्त आईपीओ ? आजदेखि खुला

प्रकाशित मिति

२०८२ श्रावण ३० गते, शुक्रबार ०९:३१

श्रावण  ३०,२०८२ काठमाडौं — स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज (साउन ३१ गते) देखि साधारण सेयर (आईपीओ) निष्कासन शुरु गरेको छ। पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर बिक्री खुला गरिएको हो।

National Life

कम्पनीले जारी पुँजीको ४० प्रतिशत बराबर २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये १ हजार १५५ कित्ता कम्पनीका कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता विदेशमा रहेका नेपालीका लागि छुट्याइएको छ।

आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ। सो अवधिमा आवश्यक माग नपरेमा भदौ १३ गतेसम्म आवेदन अवधि बढाइनेछ। एक जनाले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले सर्वसाधारणका लागि १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबरको १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्कासन गर्नेछ। विदेशमा रहेका नेपालीले सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिकृया