• २१ असोज २०८३, बुधबार
  • १ः०८ राती

सागर डिष्टिलरीले आईपीओ जारी

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ०१:१३

श्रावण २८,२०८२ काठमाडौं – सागर डिष्टिलरी लिमिटेडले आफ्नो साधारण सेयर (आईपीओ) वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा निष्कासन गर्ने भएको छ।

National Life

कम्पनीले हाल कायम रहेको ७२ करोड ६० लाख रुपैयाँ जारी पुँजीको २० प्रतिशत बराबर १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर IPO मार्फत बिक्रीमा ल्याउने योजना बनाएको छ। प्रत्येक सेयरको मूल्य १०० रुपैयाँ रहनेछ।

आईपीओका लागि आवेदन भदौ १ गतेसम्म दिन सकिनेछ। यदि सो अवधिमा माग अनुसार आवेदन नपुगेको खण्डमा भदौ ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत गर्न सकिनेछ।

प्रतिकृया