• १५ असोज २०८३, बिहीबार
  • ५ः३४ बेलुका

अर्थमन्त्री पौडेल: ‘स्रोत अभावले पूर्वाधारमा लगानी असम्भव, वैकल्पिक वित्त कानून आवश्यक’

प्रकाशित मिति

२०८२ श्रावण २६ गते, सोमबार ०३:५६

श्रावण २६,२०८२ काठमाडौँ — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत अभावका कारण राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न नसकेको बताएका छन्। सोमबार अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि भएको छलफलमा बोल्दै उनले ठूला पूर्वाधार परियोजनामा ट्रेजरीबाहिरबाट स्रोत जुटाउन यो कानून ल्याउन लागिएको स्पष्ट पारे।

National Life

“अहिले राज्यले पूर्वाधारमा लगानी गर्नसक्ने अवस्था रहेन। हामीलाई स्रोतको ठूलो दबाब छ, त्यसैले प्रतिफल दिने आयोजनामा बाह्य स्रोत परिचालन गर्न यो विधेयक ल्याइएको हो,” अर्थमन्त्री पौडेलले भने।

उनका अनुसार वैकल्पिक वित्तको कानुन बनेपछि खानी अध्ययन, मल कारखाना, सूचना प्रविधि (आईटी) लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागितासहित लगानी जुटाउन सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

पौडेलले प्रतिफल दिने योजनामा निजी क्षेत्रको लगानीसमेत आकर्षित गर्ने लक्ष्यसहित वैकल्पिक वित्तको कानुन अघि बढाइएको र यसले स्रोत अभावका कारण रोकिएका ठूला आयोजनाहरूलाई अघि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रतिकृया