रवि लामिछानेको थुनामुक्ति निवेदनमाथि बहस सकियो, आदेश लेखन जारी
प्रकाशित मिति
२०८२ श्रावण २६ गते, सोमबार ०५:३९
श्रावण २६,२०८२ रुपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनामुक्त गर्न माग गरिएको निवेदनमाथि बहस सकिएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा सोमबार भएको बहसपछि आदेश लेखन कार्य भइरहेको अदालत स्रोतले जनाएको छ।
लामिछाने बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि रुपन्देही कारागारमा छन्। उनले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सुनिश्चितता प्रदान गर्न तयार भएको र आफ्नो भागको ठगी रकम बराबरको जमानतसहित रिहा गर्न माग गर्दै साउन १९ गते निवेदन दिएका थिए।
उनले निवेदनसँगै २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतपत्र पेश गरेका थिए। यो मुद्दा न्यायाधीश सापकोटाको इजलासको दोस्रो नम्बरमा सूचीबद्ध थियो।
गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ।








प्रतिकृया