• २१ असोज २०८३, बुधबार
  • २ः३६ राती

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार ०२:३४

श्रावण २०,२०८२ काठमाडौं – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि साउन ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको साधारण शेयरमा आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन रहेको छ।

National Life

कम्पनीले कुल जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको छ। त्यसअनुसार, आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ५ लाख ६६ हजार कित्ता शेयर छुट्याइएको हो, जसको कुल मूल्य ५ करोड ६६ लाख रुपैयाँ हुन्छ।

यो आईपीओमा आवेदन दिन तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरू, आँबुखैरेनी गाउँपालिकाका सबै वडाहरू, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ का बासिन्दाहरू योग्य रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन फारमको शुल्क २ रुपैयाँ तोकिएको छ।कम्पनीले सञ्चालन गरिरहेको केवलकार आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यस आयोजनाको सामान्य लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र छुटमा गणना गर्दा १०.५ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले कम्पनीको कार्यालय, तल्लो स्टेशन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

प्रतिकृया