• २१ असोज २०८३, बुधबार
  • ४ः५१ बिहान

काँग्रेस-एमालेका शिर्ष नेताहरु मन्त्रिपरिषद् पुनर्गठनबारे गम्भीर छलफलमा

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ०१:०१

श्रावण  १५, २०८२ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको छ। बैठकमा सरकार सञ्चालन र मन्त्रिपरिषद् पुनर्गठनबारे गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ।

National Life

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी छन्।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका केही विवादित मन्त्रीहरू फेरबदल गर्ने तयारी गरिरहेकाले त्यसबारे कांग्रेससँग छलफल गर्न बैठक बोलाइएको हो। कांग्रेसले भने अहिले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने कुनै संकेत दिएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकबाट मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अनुमान गरिएको छ। सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा पनि दुई दलबीच सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ।

प्रतिकृया