• ६ असोज २०८३, मंगलबार
  • ११ः३३ बिहान

बागमती कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

प्रकाशित मिति

२०८२ श्रावण १४ गते, बुधबार ०४:२८

श्रावण १४, २०८२ काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि आज (बुधबार) मतदान सुरु भएको छ। तय समयभन्दा केही ढिलो गरी सुरु भएको मतदानमा दलका नेता पदका लागि इन्द्र बानियाँ र वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाबीच प्रतिस्पर्धा भइरहेको छ।

National Life

२०७९ पुस १३ गते सम्पन्न अघिल्लो संसदीय दल निर्वाचनमा बानियाँ लामा विरुद्ध पराजित भएका थिए। बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना सांसद रहेका छन्। बहुमतका लागि कम्तीमा १९ मत आवश्यक पर्छ।

यसपटक बानियाँ पक्षमा २२ सांसद खुलेर उभिएका छन् भने लामा पक्षमा १५ सांसदको समर्थन रहेको देखिएको छ। मतदान सकिएपछि मतगणना गरी परिणाम सार्वजनिक गरिनेछ र त्यसैको आधारमा संसदीय दलको नयाँ नेता चयन हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया