• ३ असोज २०८३, शनिबार
  • १०ः०६ राती

आज सेयर बजारमा ठूलो गिरावट

प्रकाशित मिति

२०८२ श्रावण १४ गते, बुधबार ०३:३३

श्रावण १४, २०८२ काठमाडौं । आज सेयर बजारमा तीव्र गिरावट आएको छ। साताको चौथो कारोबार दिन नेप्से परिसूचक ५३.८७ अंकले घटेर २९४९.१९ विन्दुमा पुगेको छ। अघिल्लो दिन ३ हजार विन्दु पार गरेको बजार उक्त तहमा एक दिन पनि टिक्न सकेन। आज बजार १.७६ प्रतिशतले घटेको हो।

National Life

‘क’ वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११.२४ अंकले घटेर ५०७.३५ विन्दुमा झरेको छ। नेप्से सूचीकृत १३ उपसूचकहरूमध्ये ११ उपसूचकमा गिरावट आएको छ भने २ उपसूचक मात्र हरियालीमा देखिए। आज २२६ कम्पनीको सेयर मूल्य घट्दा २३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ।

आजको कारोबारमा ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर १ लाख ४१ हजार ५२० पटक खरिदबिक्री भएका छन्। कुल कारोबार रकम १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ नाघेको छ, जुन अघिल्लो दिनको साढे १८ अर्बभन्दा कम हो। आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया