• २१ जेठ २०८३, बिहीबार
  • ४:३९ बिहान

एमालेको असहमति पछि रोक्यो बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ

प्रकाशित मिति

२०८२ श्रावण १४ गते, बुधबार १२:३४

श्रावण १४, २०८२ काठमाडौं । बागमती प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेको असहमति पछि स्थगित गरिएको छ।

बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त गरेका थिए। उनीहरूको शपथ बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालयमा गराउने तयारी थियो।

Kamana Sewa

प्रदेश प्रमुख कार्यालयलाई शपथसम्बन्धी जानकारी दिइसकिएको भए पनि नेकपा एमालेको दबाबमा कार्यक्रम रोकिएको हो। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संवेदनशील राजनीतिक अवस्थामा सरकार विस्तार उपयुक्त नहुने भन्दै मुख्यमन्त्री लामालाई फोनमार्फत मन्त्री शपथ रोक्न आग्रह गरेका थिए।

Classic Tech Desktop

मुख्यमन्त्री लामाले दलहरूको मतभिन्नता र परिस्थिति विचार गर्दै तत्कालका लागि शपथ रोक्ने निर्णय गरेका छन्। यो घटनाले बागमती प्रदेशको राजनीतिमा थप अन्योलता सिर्जना गरेको छ।

प्रतिकृया