• २३ भदौ २०८३, मंगलबार
  • ८ः१७ राती

कुलिङ पिरियड प्रकरणमा गठित छानबिन समितिको म्याद ७ दिन थपिने

प्रकाशित मिति

२०८२ श्रावण ९ गते, शुक्रबार ०१:४८

श्रावण ९,२०८२ काठमाडौं । कुलिङ पिरियड प्रावधानसम्बन्धी गडबडी छानबिनका लागि गठन गरिएको संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले म्याद थप सम्बन्धी प्रस्ताव पेश गर्दै छन्। प्रस्ताव स्वीकृत भएमा समितिको कार्यावधि साउन १९ गतेसम्म कायम हुनेछ।

National Life

यसअघि असार २३ गते गठित समितिलाई २१ दिनको समय दिइएको थियो, जसको म्याद साउन ११ गते सकिँदैछ। समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरूको सहभागिता छ। समितिको नेतृत्व कांग्रेस सांसद जीवन परियारले गरिरहेका छन्।

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको प्रावधान हटाइएको भन्ने विवाद उठेपछि उक्त समितिको गठन गरिएको हो।

Classic Tech Desktop

प्रतिकृया