• ४ असोज २०८३, आइतबार
  • ३ः४७ राती

तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार १०:२२

श्रावण ४ ,२०८२ काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्कासन गरिरहेको हकप्रद (राईट) शेयरमा आवेदन दिने समयसीमा थप गरेको छ। कम्पनीले यसअघि साउन ४ गतेसम्म मात्र आवेदन दिने व्यवस्था गरेको भए पनि पर्याप्त आवेदन नपरेपछि समय थप गर्दै नयाँ अन्तिम म्याद साउन ११ गते कायम गरेको हो।

National Life

कम्पनीले २०७८ जेठ ४ गतेसम्म कायम रहेका शेयरधनीहरूलाई लक्षित गर्दै १:१ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ। हकप्रद शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

लगानीकर्ताहरूले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड (नक्साल), नबिल बैंकको तेह्रथुमस्थित छथर, म्याङलुङ्ग, फेदाप र संक्रान्तिबजार शाखा, कुमारी बैंकको मेन्छयायम शाखा, साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले शेयरधनीहरूको सहभागिता बढाउन र अधिकतम आवेदन संकलन गर्न समय थप गरिएको जनाएको छ।

प्रतिकृया