• ५ असोज २०८३, सोमबार
  • ८ः४७ बिहान

सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार १०:३१

श्रावण ४ ,२०८२ काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समूहको ३१ हजार २२७ कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकले जारी गरेको सूचनामा हाललाई यी शेयरमा संस्थापक शेयरधनीहरूले मात्र खरिदका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

National Life

बैंकका अनुसार इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ। निवेदन बैंकको केन्द्रीय कार्यालय, बालुवाटार काठमाडौंमा पेश गर्न सकिनेछ। यदि तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा ती शेयरहरू अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्रीका लागि खुला गरिने बैंकले जनाएको छ।

बैंकले शेयर कारोबारमा पारदर्शिता र प्रक्रिया सुनिश्चित गर्नुपर्ने भएकाले निर्धारित म्यादभित्र आवेदन दिन संस्थापकहरूलाई आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया