• २१ असोज २०८३, बुधबार
  • ४ः४७ बिहान

कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०४:११

असार ३१,२०८२ काठमाडौं । नक्कली नोट र लागूऔषध अफिमसहित कोहलपुरबाट एक जना पत्रकार पक्राउ परेका छन्।

National Life

कोहलपुरमा सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालका अनुसार सहकारीलाई कार्यालयमै रहेका बेला पक्राउ गरिएको हो।

उनको साथबाट १ हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो अफिम बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया