• १५ असोज २०८३, बिहीबार
  • ९ः२२ बिहान

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलद्वारा गभर्नर पौडेललाई अन्तिम प्रतिवेदन बुझाइयो

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार १२:१८

असार ३१,२०८२ काठमाडौं ।  बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि गठित सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई सोमबार अन्तिम प्रतिवेदन बुझाएको छ।

National Life

डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव थिए।

कार्यदलले यसअघि असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाइसकेको थियो। अन्तिम प्रतिवेदनमा बैंकिङ प्रणाली सुधार, नियमन सुदृढीकरण, वित्तीय स्थायित्व तथा सेवा पहुँच विस्तारसम्बन्धी सुझावहरू समेटिएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया