• २१ असोज २०८३, बुधबार
  • ४ः५३ बिहान

छुट्ला है !  छ्याङ्दी हाइड्रोपावरको राईट शेयर भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ असार २७ गते, शुक्रबार १०:४८

असार २७,२०८२ काठमाडौं । गत जेठ २३ गतेदेखि निष्कासन गरिरहेको छ्याङ्दी हाइड्रोपावर लिमिटेडले राईट शेयर (हकप्रद) भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता राईट शेयर १ कित्ता बराबर १ नयाँ कित्ताका दरले निष्कासन गरेको हो।

National Life

राईट शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २ गते बुक क्लोज गरिसकेकोले जेठ १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ छ। हकप्रद बाँडफाँडपछि यो पूँजी दोब्बर भएर ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

प्रतिकृया